प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु, चुक्तापुँजी २३ अर्बको हाराहारीमा पुग्ने-Sutra News

प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु, चुक्तापुँजी २३ अर्बको हाराहारीमा पुग्ने

मंगलबार, २६ पौस २०७९

मंगलबार, २६ पौस २०७९

काठमाडौं – प्रभु बैंक र सेन्चुरी बैंकको आज (पुस २६ गते) बाट एकीकृत कारोबार सुरु भएको छ । प्रभु बैंकले सेन्चुरी बैंकलाई (एक्विजिसन) प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।



दुवै बैंकलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस १९ गते अन्तिम स्वीकृति दिएको हो ।  दुवै बैंकको पुस १४ गते सम्पन्न साधारण सभाले (एक्विजिसन) प्राप्तिका लागि प्रस्ताव पारित गरेका थिए ।

प्रभु बैंकले सेन्चुरी बैंककोे १००ः१०० सेयर स्वाप रेसियो प्राप्त गरेको छ । यसर्थ, सेन्चुरीको १०० सय कित्ता सेयर हुनेले अब प्रभुको नाममा १०० कित्ता नै सेयर पाउनेछन् ।
हाल प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड र सेञ्चरी बैंकको १० अर्ब रूपैयाँ छ। प्राप्तिपछि बन्ने बैंकको चुक्तापुँजी २३ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट