प्रचण्ड, ओली, देउवा लगायतका सांसदलाई लिङ्देनले दिए चुले निम्तो-Sutra News

प्रचण्ड, ओली, देउवा लगायतका सांसदलाई लिङ्देनले दिए चुले निम्तो

मंगलबार, २६ पौस २०७९

मंगलबार, २६ पौस २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका सांसदहरुलाई भोलि चुले निम्तो दिएका छन् । भोलि पृथ्वीजयन्तीको अवसरमा काठमाडौंस्थित भृकुटीमण्डपमा चियापान कायृक्रम राखिएकोले सो अवसरमा लिङदेनले संसदको रोष्टमबाटै चुले निम्तो दिएका हुन् ।



उनले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस कुनै एक पार्टीको मात्र नभएको बताए । उनले सरकारले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएकोप्रति धन्यवाद पनि दिए ।

उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कुनै पार्टीको मात्र नभएर सिंगो देशकै भएको बताए । उनले भने ‘पृथ्वी नारायण शाह थिए र त नेपाल छ । नेपाल छ र त प्रचण्ड प्रधानमन्त्री बन्न पाउनु भएको छ,’ उनले भने, ‘राष्ट्रनिर्माताको जन्म जयन्ती मनाउन कसै हिच्किचाउनु पर्दैन । सरकारले बिदा दिएको छ, धन्यवाद दिन चहान्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट