जुहीसँगको प्रेममा पागल थिए सलमान खान, विवाह गर्ने चाहना यसकारण पूरा भएन-Sutra News

जुहीसँगको प्रेममा पागल थिए सलमान खान, विवाह गर्ने चाहना यसकारण पूरा भएन

मंगलबार, २६ पौस २०७९

मंगलबार, २६ पौस २०७९

एजेन्सी – सन् ८० र ९० को दशककी अभिनेत्री हुन् जुही चावला। मोडलिङमा चर्चा बटुलेपछि जुही बलिउडमा आएकी थिइन् । उनले सन् १९८७ मा रिलिज फिल्म ‘सल्तनत’बाट डेब्यू गरेकी थिइन् । यसपछि उनले बलिउडमा ‘डर’, ‘दीवाना मस्ताना’, ‘इश्क’, ‘कयामत से कयामत तक’ जता हिट फिल्म दिइन् । उनले सन् १९९५ मा व्यापारी जय मेहतासँग गुपचुप विवाह गरिन् । तर, सायद कमैलाई थाहा होला कि जुहीलाई सलमान खान विवाह गर्न चाहन्थे ।



सलमान हिन्दी फिल्मको मस्ट एलिजिबल ब्याचलर हुन् । उनी आजसम्म पनि सिंगल छन् । कुनै समय उनी जुहीको प्रेमी थिए । उनी जुहीसँग विवाह गर्न तयार थिए । तर जुहीका पिताले सलमानको प्रस्तावलाई अस्वीकार गरेपछि विवाह हुन सकेन ।

सलमान जुहीलाई यति धेरै मनपराउँथे कि उनी जुहीको हात माग्न जुहीका पितालाई भेट्न गए । तर जुहीको पिताले सलमानको प्रस्तावलाई अस्वीकार गरे । ‘जुही निकै प्यारी छिन् । मैले उनको पितालाई के तपाईं जुहीको मसँग विवाह गरिदिनुहुन्छ रु भनेर सोधेको थिएँ । तर उहाँले अस्वीकार गर्नुभयो । शायद उहाँलाई म मन परिनँ होला । उहाँलाई कस्तो केटा चाहिएको थियो, मलाई थाहा भएन’, सलमानले भनेका छन् ।

जुहीले आफ्नो करियर उच्च स्तरमा पुगेको समयमा जय मेहतासँग सन् १९९५ मा विवाह गरेकी थिइन् । जय र जुहीको पहिलो भेट राकेश रोशनले गराएका थिए । त्यसपछि उनीहरु नजिकिए । जुहीले ६ वर्षसम्म आफ्नो विवाहलाई लुकाएर राखिन् । जब उनी पहिलोपटक गर्भवती भइन्, अनि मात्र उनले विवाह गरेको खुलासा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट