सभामुखको निर्वाचन ५ माघमा-Sutra News

सभामुखको निर्वाचन ५ माघमा

मंगलबार, २६ पौस २०७९

मंगलबार, २६ पौस २०७९

काठमाडौं। प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन ५ माघमा हुने भएको छ ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आउँदो माघ ५ गते बिहीबार सभामुख पदको निर्वाचन हुने जानकारी दिएका हुन् ।



यसका लागि ३ माघमा सभामुख पदको निर्वाचन सूचना प्रकाशित गर्न संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई उनले निर्देशन पनि दिएका छन् । साथै ५ माघ बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेगरी स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट