काठमाडौँ । महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न गठन गरेको समितिको महानगरले दुई साता म्याद थप गरेको छ।
सम्बन्धीत पक्षबाट बयान दिने काम नसकिएपछि समय थपिएको हो ।
पाण्डेमाथि महानगरले पुस ८ गते छानबिन समिति गठन गरेको थियो र समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
उक्त छानबिन समितिको संयोजकमा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल छन् भने न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक सरिता कुमारी राई सदस्य छिन् ।