काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन् ।
गत मंसिरको चुनावमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
प्रधानमन्त्री प्रचण्ड गोरखा महोत्सव उद्घाटन गर्न बुधबार गोरखा जाने बताइएको छ ।
त्यस्तै प्रधान सेनापति प्रभुराम शर्मा पनि आज गोरखा जाने भएका छन्।
गोरखाको ठूलो आँगनमा गोरखा नगरपालिकाले राखेको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न प्रधान सेनापति शर्मा त्यहाँ जाने भएका हुन् ।