प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच प्राप्ति प्रकृया पुरा भइ एकिकृत कारोबार सुरु भएको छ । प्राप्ति सम्झौता गरेको पाँच महिनामै यी बैंकले एकिकृत कारोबार सुरु भएको हो । दुबै बैंकबीच गत साउन २५ गते प्राप्ति सम्झौता भएको थियो ।
नेपाल राष्ट्र बैंकले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ती गर्न पुस १९ गते प्रभु बैंकलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो । प्रभु बैंकले १ बराबर १ शेयर आदानप्रदान गर्ने सहमति अनुसार सेञ्चुरीलाई प्राप्ती गरेको जनाइएको छ । यी दुई बैंक एक भएपछि चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख ८८ हजार रुपैयाँ पुग्ने जनाइएको छ ।
सेञ्चुरीलाई प्राप्तिपछि बैंकको नाम प्रभु बैंक नै राखिएको छ भने बैंकको केन्द्रिय कार्यालय हालको प्रभु बैंकको केन्द्रिय कार्यालय रहेको स्थान बबरमहलमा नै रहेको छ ।