काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको इतिहासमा मुलुकलाइ अघि बढाउने चूनौतिपूर्ण अवसर प्राप्त भएको बताएका छन् । बुधबार काठमाडौंमा योङ कम्युनिष्ट लीग नेपालको तेश्रो पूर्ण बैठकलाई सम्बोधन गदै उनले सो कुरा गरेका हुन् ।
माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले विगतमा क्रान्तिद्वारा गणतन्त्र स्थापना गर्ने र संविधानसभाबाट समावेशी र समानुपातीक संविधान निर्माण गर्ने चूनौतिपूर्ण काम माओवादी कै नेतृत्वमा भएको बताए । उनले पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको र संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिए ।
उनले यसअघि माओवादी नेतृत्वको सरकारले सुरु गरेका कतिपय राम्रा कार्यक्रमलाई बिभिन्न कारणले कार्यान्वयन गर्न नसकिएको भन्दै अव संकल्पका साथ सवै कामलाई पुरा गर्ने दावी गरे ।