काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भर्खरै गोरखातर्फ प्रस्थान गरेका छन् । गोरखा महोत्सव उद्घाटन गर्न उनी गोरखा गएका हुन् ।
काठमाडौंमा योङ कम्युनिष्ट लीग नेपालको तेश्रो पूर्ण बैठकलाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड गोरखातर्फ लागेका हुन् ।गत मंसिरको चुनावमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।