काठमाडौं । गायक कोशिश क्षेत्रीले इन्गेजमेन्ट गर्ने भएका छन् । अभिनेता समेत रहेका क्षेत्रीले प्रेमिका सन्ध्या ढुंगानासँग इन्गेजमेन्ट गर्ने भएका हुन् ।
लामोसमयदेखि प्रेममा रहेका उनीहरुले आगामी माघको पहिलो साता इन्गेजमेन्ट गर्ने बताइएको छ । पछिल्लो समय कोशिश फिल्म र संगीतमा व्यस्त हुँदै आएका छन् भने सन्ध्याले हालै मनोविज्ञानमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी छन् ।
कोशिश भने केही समयपछि कृषा चौलागाईंले निर्देशन गर्न लागेको फिल्म ‘ऐंचो पैंचो’मा अभिनयमा वयस्त हुनेछन् । हालै उनको फिल्म ‘बाइरोड’को छायांकन पनि सकिएको छ ।