काठमाडौं आउँदै मलाइका अरोरा, नेपाली पोशाक र गरगहनाका साथ उत्रने-Sutra News

काठमाडौं आउँदै मलाइका अरोरा, नेपाली पोशाक र गरगहनाका साथ उत्रने

बुधबार, २७ पौस २०७९

बुधबार, २७ पौस २०७९

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी हुन आउने भएकी छिन् । उनको फेसन स्टाइल र डान्स नेपाली फ्यानले रुचाउदै आइरहेका छन् ।



मलाइका नेपाली पोशाक र गरगहनाका साथ र्याम्पमा उत्रिने भएकी छिन् । ज्वेलरी फेशन शोमा होटल याक एन्ड यतिमा भोली साँझ ६ बजे हुने कार्यक्रम रहेको छ ।

सो कार्यक्रममा मलाइकालाई नेपाली फ्यानले नजिकैबाट नियाल्ने मौका पाउने छन् । कार्यक्रम नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनले फेसन रनवे आयोजना गरेको हो । पछिल्लो समय मलाइका अभिनेता अर्जुन कपुरसँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट