प्रेमिका सबासँग दोस्रो विवाह गर्दै ऋतिक रोशन, परिवार पनि भए राजी-Sutra News

प्रेमिका सबासँग दोस्रो विवाह गर्दै ऋतिक रोशन, परिवार पनि भए राजी

बुधबार, २७ पौस २०७९

बुधबार, २७ पौस २०७९

काठमाडौं – बलिउडका चर्चित अभिनेता हुन् ऋतिक रोशन । ऋतिकले आज आफ्नो ४९ औं जन्मदिन बनाइरहेका छन् । एक्शन अभिनेताले चिनिएका ऋतिक अहिले आफ्नो आगामी फिल्म ‘फाइटर’ का कारण चर्चामा छन् । पछिल्लो समय ऋतिकको एक नयाा खुलासा भएको छ ।



भारतिय मिडियाका अनुसार उनी यसै वर्ष आफ्नी प्रेमिका सबा आजादसँग विवाह बन्धनमा बाँधिने भएका छन् । उनको यो दोस्रो विवाह हुनेछ । ऋतिकको विवाहले परिवार पनि खुसी छ । उनी ऋतिकका लागि सबा परफेक्ट छनोट भएको विश्वास गर्छन्। सबा आजादले ऋतिकको परिवारसँग स्पेशल बन्डिङ सेयर गरेकी छिन् ।

प्रायः दुबैलाई पार्टी र डिनर डेटमा सँगै देखिएका छन् । उनीहरुको जोडीलाई फ्यानहरुले पनि मन पराउन थालेका छन् । ऋतिक र साबाका एक नजिकका साथीले बलिउड हंगामालाई जानकारी दिएका छन् ।यो सम्बन्धमा दुवैको परिवारको पनि सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट