ऐतिहासिक अवसरलाई पूरा गर्न निरन्तर अगाडि बढ्नेछु – प्रधानमन्त्री प्रचण्ड-Sutra News

ऐतिहासिक अवसरलाई पूरा गर्न निरन्तर अगाडि बढ्नेछु – प्रधानमन्त्री प्रचण्ड

बुधबार, २७ पौस २०७९

बुधबार, २७ पौस २०७९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू ऐतिहासिक अवसरलाई पूरा गर्न निरन्तर अगाडि बढ्ने बताएका छन् । बुधबार ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन गर्दै प्रचण्डले सो कुरा गरेका हुन् । विकासका अधुरा परियोजनालाई अगाडि बढाउने र देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरा प्राथमिकतामा रहने उनले बताए ।



सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको उनको भनाई छ । उनले सार्वजनिक तथा निजी क्षेत्रको योगदान र पहल विना अर्थतन्त्रलाई गति दिन नसकिने भन्दै त्यसका लागि सहकार्य गरेर अघि बढ्ने बताए ।

यस्तै उनले राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना, आरुघाट रोइला सडकखण्ड निर्माण, पालुङटार विमानस्थल सञ्चालन लगायतका कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । उनले गोरखा जिल्लाका जनताले आफूलाई निर्वाचित गराएर सबै नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट