काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ ।
विश्वासको मत पाएको भोलिपल्टै प्रचण्ड ओली भेट्न उनकै निवास बालकोट पुगेका हुन्
उनीहरुबीच बालकोटमा आगामी यात्रा र सरकार विस्तारबारे छल भएको छ ।
अब छिट्टै नै मन्त्रिपरिषद विस्तार हुनेछ । सो कुराको छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन् ।
विश्वासको मत लिएका प्रचण्डले २६८ सांसदको समर्थन प्राप्त गरेका थिए ।