![pp](https://www.sutranews.com/wp-content/uploads/2023/01/pp-1.png)
![प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री जमकट्टेलबीच बालुवाटारमा भेटवार्ता](https://www.sutranews.com/wp-content/uploads/2023/01/pp-1.png)
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलबीच भेटवार्ता भएको छ । बिहिबार प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न मुख्यमन्त्री जमकट्टेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
उक्त भेटवार्तामा प्रचण्डले मुख्यमन्त्रीमा नियुक्त भएकामा जमकट्टेललाई बधाई तथा शुभकामना दिएका थिए । नवनियुक्त मुख्यमन्त्री जमकट्टेल नेकपा ९माओवादी केन्द्र०का नेता हुन् ।