काठमाडौं – नेपाल राष्ट्र बैँकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा आज पनि ओरालो लागेको छ । अमेरिकी डलरमा १ रुपैयाँ ३३ पैसाले ओरालो लागेको हो । बिहीबार यसको खरिददर १३० रुपैयाँ २३ पैसा र बिक्रीदर १३० रुपैयाँ ८३ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिदमा १३० रुपैयाँ ५६ पैसा र बिक्रीमा १३२ रुपैयाँ १६ पैसाले कारोबार भएको थियो ।
रोपियन युरो ३२ पैसाले घटेको छ । यसकोे खरिददर १३९ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४० रुपैयाँ ५६ पैसा तोकिएको छ । अघिल्लोदिन युरोको खरिददर १४० रुपैयाँ २३ पैसा र बिक्रीदर १४० रुपैयाँ ८८ पैसामा भएको थियो ।
अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन भएको छ । यसको खरिदमूल्य ९० रुपैयाँ १ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ४२ पैसामा कारोबार भइरहेको छ । त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८४ पैसा तोकिएको छ ।अघिल्लो दिन यसको खरिदमा ३४ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७३ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ७९ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९३ पैसा रहेको छ ।
यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४५ पैसा र बिक्रीमा १० रुपैयाँ ५० पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६७ पैसा र बिक्रीमा १६ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४२५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ६७ पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३४७ रुपैयाँ ७ पैसा नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।