मलाइका अरोरा काठमाडौंमा, भनिन् – ‘म नेपाली पोशाक र गरगहनामा र्‌याम्प वक गर्न उत्साहित छु’-Sutra News

मलाइका अरोरा काठमाडौंमा, भनिन् – ‘म नेपाली पोशाक र गरगहनामा र्‌याम्प वक गर्न उत्साहित छु’

बिहिबार, २८ पौस २०७९

बिहिबार, २८ पौस २०७९

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा काठमाडौं आइपुगेकी छिन् । उनी चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा भाग लिन बिहिबार काठमाडौं आएकी हुन् । उनको फेसन स्टाइल र डान्स नेपाली फ्यानले रुचाउदै आइरहेका छन् ।



नेपाल रत्न तथा आभूषण संघले होटल याक एण्ड यति दरबारमार्ग आयोजना गर्न लागेको कार्यक्रममा मलाइका नेपाली पोशाक र गरगहनाका साथ र्याम्पमा उत्रिने भएकी छिन् । एक्स्पोको उद्घाटन शुक्रबार होटल याक एन्ड यतिमा हुनेछ ।

सो कार्यक्रममा मलाइकालाई नेपाली फ्यानले नजिकैबाट नियाल्ने मौका पाउने छन् । काठमाडौं आइपुगेकी मलाइकाले आफू नेपाली गहना र पहिरन लगाएर र्‌याम्प वक गर्न उत्साहित रहेको बताउकी छिन् । उनले आफू थोरै समयको लागि नेपाल आए पनि जति समय बसे पनि विशेष बनाउने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट