कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन-Sutra News

कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

बिहिबार, २८ पौस २०७९

बिहिबार, २८ पौस २०७९

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन् । बिहिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले आफूले कसैको पनि प्रभावमा नपरी काम गर्न सबै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्दशन दिएको बताए ।



उनले आफूले कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको बताए । उनले जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्नुहोस् भनि सुरक्षा संयन्त्रलाई निर्देशन दिएको बताए ।

उनले भने – ‘अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पु¥याउने वा मेरो मान्छे छोडिदेउ जस्ता कुरा नसुन्नुहोस्, त्यसरी दबाब दिएको प्रमाण ल्याएमा त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छु’ उनले सरकारले छिट्टै पूर्णता पाउने भन्दै आफ्नो पार्टीले विज्ञताका आधारमा सरकारमा सहभागी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट