काठमाडौं । नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्दै छन् । नेकपा (एमाले) परित्याग गरेपछि गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका उनी शुक्रबार माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रबेश गर्ने भएका हुन् ।
पार्टी प्रबेस कार्यक्रम भोलि दिनको २ बजे होटल अर्याल, नयाँ बानेश्नरमा राखिएको छ । एसका प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले नेता भुसालले उनलाई पार्टीमा स्वागत गरिने बताए । भुसाल निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उमेदवारी दिएर विजयी भएका थिए