काठमाडौं – पछिल्लो समय बलिउडमा अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीको विवाहको चर्चा चलिरहेको छ । निर्माता तथा निर्देश करण जोहारको शो ‘कफी विद करण’मा यो जोडी उपस्थित भएपछि उनीहरुको विवाहको चर्चा शुरु भएको थियो । अब भने उनीहरुको वेडिङ समारोह फेब्रुअरी ४ र ५ मा हुने भारतिय मिडियामा जनाइएको छ ।
विशेष अतिथिहरूका बीचमा मेहेन्दी, हल्दी र सङ्गीत समारोह हुने भएको छ । उनीहरुले विवाहका लागि राजस्थानको मरुभूमिमा बलौटे किनारमा बनेको सूर्यगढ प्यालेस रोजेका छन् । फेब्रुअरी ६ मा दुवैले ब्याण्ड बाजा र जन्तीसहित विवाह गर्नेछन् ।
होटेलमा पाँच वटा हवेली, भिला र ९४ वटाभन्दा बढी कोठाहरू विवाहका लागि बुक गरिएको छ । यी दुई शेर शाह’ मा एक साथ काम गरेपछि प्रेममा परेका थिए । उनीहरू विवाहअघि नै ‘लिभ इन रिलेसन’मा बस्ने निर्णयमा पुगेका थिए ।