पुटिनले नयाँ कमान्डर नियुक्त गरेपछि झस्किँयो युक्रेन-Sutra News

पुटिनले नयाँ कमान्डर नियुक्त गरेपछि झस्किँयो युक्रेन

बिहिबार, २८ पौस २०७९

बिहिबार, २८ पौस २०७९

एजेन्सी – युक्रेन युद्धको जिम्मेवारीमा सर्गेई सुरोभिकिनलाई नियुक्त गरेको तीन महिनापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई प्रतिस्थापन गरेको घोषणा गरेका छन् । जनरल भ्यालेरी गेरासिमोभले सुरोभिकिनको स्थान लिनेछन् । भ्यालेरीलाई सैन्य वृत्तमा ‘जनरल आरमागेडोन’ उपनामले चिनिन्छन् । देशको रक्षा मन्त्रालयले आफ्नो आधिकारिक टेलिग्राम अकाउन्टमा यो घोषणा गरेको हो ।



‘रुसी सशस्त्र सेनाका जनरल स्टाफका प्रमुख सेनाका जनरल भ्यालेरी गेरासिमोभलाई संयुक्त समूहको सेना (फोर्स) को कमाण्डर नियुक्त गरिएको छ’, मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट