काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो कुरा गरेका हुन् । उनले प्रतिपक्षमा बसेर सरकारको गुण र दोषका आधारमा भूमिका खेल्ने बताए ।
उनले आफूहरुले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको बताए । अझै निर्वाचनहरु बाकीँ रहेको भन्दै उनले ती निर्वाचनलाई हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए ।