भोलि राष्ट्रिय सभाको बैठक बस्दै, एक बुँदे सम्भावित कार्यसूची सार्वजनिक-Sutra News

भोलि राष्ट्रिय सभाको बैठक बस्दै, एक बुँदे सम्भावित कार्यसूची सार्वजनिक

बिहिबार, २८ पौस २०७९

बिहिबार, २८ पौस २०७९

काठमाडौं । राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै छ । शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।



एक बुँदे सार्वजनिक सम्भावित कार्यसूचीका अनुसार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक माननीय खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट