काठमाडौँ । एक घटनाका कारण गायिका समीक्षा अधिकारी एकाएक विबादमा आइन् । पछिल्लो समय सामाजिक सञ्जालमा उनको हरेक पोष्टमा नकरात्मक कमेन्टहरु गरिरहेका हुन्छन् । आफूलाई नकरात्मक कमेन्ट आउन थालेपछि उनले स्टाटस लेख्दै कडा जवाफ दिन थालेकी छिन् ।
केही समय मौन रहेकी गायिका समीक्षा अधिकारी पछिल्लो समय आफूलाई गाली गर्ने र अपशब्द बोल्नेहरूप्रति कडा रूपमा प्रस्तुत हुन थालेकी छन् । केही दिनअघि एक स्टाटसमार्फत उनले आफ्नो गीत नसुने पनि अपशब्द सुन्न नचाहेको बताएकी थिइन् । । उनले भनेकी थिइन् – ‘कसैलाई मेरो गीत सुन्नु छैन भने नसून र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ ?’
फेरि बिहिबार पनि उनले एक स्टाटस लेखेकी छिन् । यस स्टाटसमा उनले आफूलाई जथाभाबी भन्नेलाई मुख र मलद्वारको काम चिन्न अनुरोध गरेकी छन् । उनले लेखेकी छन् ‘बचनले दिएको घाउको औषधि बचन नै हो ।
उनले भनेकी छन् बचनले दिएको घाउको औषधी वचन नै हो । वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ । सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरु ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।’