काँग्रेस बैठकमा राष्ट्रपति भन्दा सभामुख र उपसभामुखको बढी चासो-Sutra News

काँग्रेस बैठकमा राष्ट्रपति भन्दा सभामुख र उपसभामुखको बढी चासो

शुक्रबार, २९ पौस २०७९

शुक्रबार, २९ पौस २०७९

नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचनका बिषयमा अन्य दलहरुसंग छलफल गर्ने भएको छ ।



पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले सभामुख र उपसभामुखको निर्वाचनका बिषयमा संसदमा रहेका अन्य राजनीतिक दलहरुसंग छलफल चलाउने निर्णय गरेको सहमहामन्त्री बन्द्री पाण्डेले जानकारी दिनुभयो ।

दलहरुसंग छलफल गरेर मात्रै सभामुख र उपसभामुखमा उम्मेद्वारीका बिषयमा पार्टीले निर्णय लिने उहाले बताउनुभयो । राष्ट्रपति चयनका बिषयमा भने पार्टीभित्र अहिलेसम्म छलफल नभएको पाण्डेको भनाइ छ ।

पदाधिकारी बैठकमा स्ववियु निर्वाचन आइरहेको सन्दर्भमा नेविसंघ लगाएतका भातृसंगठनलाई पनि पूर्णता दिने बिषयमा छलफल भएको सहमहामन्त्री पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट