सत्तारूढ दलहरूको बैठक सिंहदरबारमा जारी-Sutra News

सत्तारूढ दलहरूको बैठक सिंहदरबारमा जारी

शुक्रबार, २९ पौस २०७९

शुक्रबार, २९ पौस २०७९

काठमाडौं । सत्तारूढ दलहरूको बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी छ । बैठकमा मन्त्रिपरिषद्को पूर्णता दिने बिषयमा छलफल शुरु भएको छ । सत्तारूढ दलहरूबीच कसलाई कतिवटा मन्त्रालय भन्ने बिषयमा छलफल हुनेछ ।



बिहिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता भएको थियो । दुई नेताबीच संघीय सरकारको मन्त्रालय भागवण्डा र प्रदेश सरकारको भागवण्डाको विषयमा छलफल भएको थियो ।

अब संघीय मन्त्रिपरिषदलाई पूर्णता दिने र सातवटै प्रदेश सरकार बनिसकेको अवस्थामा प्रदेश सरकारलाई पूर्णता दिने विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । ओली र प्रचण्डबीच सभामुख र उपसभामुखको निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमा समेत छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट