पाँच सयले बढ्यो सुनको मूल्य-Sutra News

पाँच सयले बढ्यो सुनको मूल्य

शुक्रबार, २९ पौस २०७९

शुक्रबार, २९ पौस २०७९

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार नाै सय रुपैयाँ कायम भएको छ ।



बिहीबार छापावाल सुन तोलाको एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको एक लाख तीन हजार चार सय रुपैयाँ निर्धारण भएको छ । तेजावी सुनको मूल्य हिजाे तोलाको एक लाख दुई हजार नाै सय रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य १३ सय ६० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट