![Rajendra-lingden](https://www.sutranews.com/wp-content/uploads/2022/02/Rajendra-lingden.jpg)
![राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुने, उपप्रधानसहित अर्को एक मन्त्रालयको दाबी](https://www.sutranews.com/wp-content/uploads/2022/02/Rajendra-lingden.jpg)
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपा सरकारमा सहभागी हुने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको राप्रपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको हो ।
राप्रपाले उपप्रधानसहित कुनै एक मन्त्रालयको दाबी गरेको बताइएको छ । राप्रपालाई कुन मन्त्रालय दिने भन्ने टुंगो भने नलागेको एक नेताले बताए ।
बिहिबार भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा मन्त्रालय भागबन्डा बारे मोटामोटी सहमति भइसकेको जनाइएको छ ।