काठमाडौँ – राष्ट्रियसभा सदस्य वामदेव गौतमले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय सकारात्मक रहेको बताएका छन् ।
बिहिबार राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै गौतमले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरुले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको बताए ।
उनले भने “गठबन्धन गरेपछि किन पार्टी चाहियो ? विसं २०७४ को निर्वाचन र हालै सम्पन्न निर्वाचनमा पनि गठबन्धन गरियो, जसले गर्दा जनताले कुन दल र कस्ता एजेण्डालाई छनोट गर्ने भन्ने अधिकार हनन भएको छ ।”