अमेरिकाकी चर्चित गायिका लिसा मारिया प्रेस्लेको निधन-Sutra News

अमेरिकाकी चर्चित गायिका लिसा मारिया प्रेस्लेको निधन

शुक्रबार, २९ पौस २०७९

शुक्रबार, २९ पौस २०७९

काठमाडौं अमेरिकाकी चर्चित गायिका लिसा मारिया प्रेस्लेको निधन भएको छ। अमेरिकी अभिनेता, गायक तथा संगीतकार एल्भिस प्रेस्लेकी छोरी समेत रहेकी ५४ वर्षिया लिसाको हृदयाघातका कारण निधन भएको हो । उनको निधनले हलिउड गायन क्षेत्र शोकमा डुबेको छ ।



चार पटक विवाह गरेकी उनले आमाबुवाको सम्बन्धविच्छेदपछि आफ्नी आमासँग क्यालिफोर्नियामा बस्ने गरेकी थिइन् । उनले सो लभ्ली, ओभर मी, इडियट, लाइट आउट, नोबडी नोटिस्ड इट लगायत गीतमा आवाज दिएकी थिइन् । उनले उनले पप९स्टार माइकल ज्याक्सनसँग विवाह गरेकी थिइन्। पछि उनीहरुबीच सम्बन्धविच्छेद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट