काठमाडौं । नेता घनश्याम भुसाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एमाले परित्याग गरेपछि गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका उनलाई आज पार्टीमा स्वागत गरिएको हो ।
पार्टी प्रबेश कार्यक्रममा नेता भुसालले षड्यन्त्रपूर्ण राजनीति र विकाउपूर्ण अदालतको गठबन्धनले नेकपा विभाजन गराएको बताए । नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनका लागि नेकपा एकीकृत समाजवादी असाधारण बलियो ठाउँ भएको उनले बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले एकतिर हलो र अर्कोतिर घण्टी राखेर बालकोट शासन चलाउन खोजेको आरोप लगाए । एमालेले फेरि पनि संसद विघटन गर्न सक्ने उनको भनाई थियो ।