एउटा नेता र प्रधानमन्त्रीले चाहेर मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सकिदैन – अध्यक्ष नेपाल-Sutra News

एउटा नेता र प्रधानमन्त्रीले चाहेर मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सकिदैन – अध्यक्ष नेपाल

शुक्रबार, २९ पौस २०७९

शुक्रबार, २९ पौस २०७९

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रत्येक क्षेत्रमा भएका भ्रष्टाचार विरुद्धको सङ्कल्प भएको व्यक्तिको खाँचो रहेको बताएका छन् । शुक्रबार पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार : कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका हुन् । उनले भने -प्रत्येक क्षेत्रमा भएका भ्रष्टाचार विरुद्धको सङ्कल्प भएको व्यक्तिको खाँचो छ



एउटा नेता र प्रधानमन्त्रीले चाहेर मात्रै भ्रष्टाचार नियन्त्रण सम्भव नभएको उनको भनाई थियो । उनले भने – यसको नियन्त्रण गर्न भावना र सङ्कल्प हुनुप¥यो, भ्रष्टाचारमुक्त परिवेश बनाउन सक्नुपर्छ ।

उनलेराजनीति र प्रशासनिक निकायको माथिदेखि तलसम्म यसलाई नियन्त्रण गर्ने दृढता हुनुपर्ने बताए। भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई भाषण मात्र बनाउन नहुने भन्दै उनले स्पष्ट प्रतिबद्धता भए यसको नियन्त्रण सम्भव रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट