लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने-Sutra News

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने

शुक्रबार, २९ पौस २०७९

शुक्रबार, २९ पौस २०७९

वुटवल – लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ । माघ ३ गते दिउँसो एक बजे बस्ने प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुने प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।



जारी सुचना अनुसार माघ २ गते दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म प्रदेशसभाको भावी सभामुख र उपसभामुख पदका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ ।

सोही दिन बेलुका साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गरिने र माघ ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन हुने लुम्बिनी प्रदेश सभा सचिवालयले जारी गरेका सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट