एमाले अगतिलो भएका कारण घनश्याम भुसाल मेरो पार्टीमा आउनुभयो- माधव नेपाल-Sutra News

एमाले अगतिलो भएका कारण घनश्याम भुसाल मेरो पार्टीमा आउनुभयो- माधव नेपाल

शनिबार, ३० पौस २०७९

शनिबार, ३० पौस २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पुरानै विचार, दृष्टिकोण र सिद्धान्तले एमाले नसुध्रिने बताउनुभएको छ ।



शुक्रबार कम्युनिष्ट नेता घनश्याम भूसाललाई पार्टी प्रवेश गराउदै अध्यक्ष नेपालले एमाले नसुध्रिने निष्कर्षमा आफ्नो पार्टी र घनश्याम भुसाल पुगेको र अन्य नेताहरु पनि एमाले छाड्दै आउने बताउनुभएको हो ।

उहाले नेकपा एकीकृत समाजवादीलाई अव हाम्रो र राम्रो पार्टी बनाउने धारणा राख्नुभयो । कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन इमान्दार कम्युनिष्टहरुलाई गोलबन्द बनाएर एकताबद्ध रुपमा अघि बढ्ने उहाको भनाइ छ ।

उहाले बिगतको समिक्षा गर्दै नयाँ ढंगले पार्टी सुदृढिकरण र पुनर्गठन गरेर अघि बढ्ने र बेग्लै पहिचान स्थापीत गर्ने पनि बताउनुभयो ।

नेकपा एकीकृत समाजवादी प्रवेश गर्नुभएका भूसालले एमाले परित्याग गर्दै मंसिर ४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर – १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट