घनश्याम भुसाल नेकपा एसको सचिवालय सदस्यमा मनोनित-Sutra News

घनश्याम भुसाल नेकपा एसको सचिवालय सदस्यमा मनोनित

शनिबार, ३० पौस २०७९

शनिबार, ३० पौस २०७९

नेकपा एमालेबाट बाहिरएर प्रतिनिधि सभा निर्वाचन स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल अन्ततः नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् । उनलाई नेकपा एसले केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ ।



उनलाई शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले सचिवालय सदस्यमा मनोनित गरेको पार्टी उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए ।

नेकपा एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई तत्कालीन सत्ता गठबन्धनको समर्थन थियो । तर उनी पराजित भएका थिए ।

भुसाल तिनै हुन् जसले एमालेबाट माधव नेपालले पार्टी फुटाएर जाँदा अन्तिम समयमा एमालेमै बस्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट