काठमाडौँ । गृहमन्त्री रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
शनिबार साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री लामिछाने बालुवाटार पुगेका हुन् ।
उनीहरुबीच मन्त्रिपरिषद विस्तार सम्बन्धमा छलफल भएको बताइएको छ । प्रचण्ड प्रधानमन्त्री भएपछि पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।
सत्तारुढ दलहरुबीच राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ मन्त्री र एक राज्यमन्त्री रहने सहमति भएको छ ।
साझेदार दलहरुबीच सहमति नहुँदा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।