काठमाडौँ – फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । यो फिल्मको छायाङ्कन माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै सुरू गरिएको थियो । सुदर्शन थापाको निर्देशन रहेको यस फिल्ममा मुख्य कलाकार विपिन कार्की र केकी अधिकारी रहेका छन् ।
यी दुई फिल्ममा श्रीमान् तथा श्रीमतीको भूमिकामा छन् । फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । फिल्म आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गते प्रदर्शनमा आउने भएको छ ।
फिल्ममा विपिन र केकीसहित अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । ‘प्रसाद’ हिट भएपछि यसको सिक्वेलका रूपमा ‘प्रसाद २’ को निर्माण गरिएको हो ।