६८ जना यात्रु लिएर काठमाडौंबाट उडेको यति एयरलाईन्सको विमान पोखरामा दुर्घटना-Sutra News

६८ जना यात्रु लिएर काठमाडौंबाट उडेको यति एयरलाईन्सको विमान पोखरामा दुर्घटना

आइतबार, १ माघ २०७९

आइतबार, १ माघ २०७९

काठमाडौं – पोखरामा यति एयरलाईन्सको विमान दुर्घटनामा परेको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान पुरानो विमानस्थल नजिकै नयाँगाउँमा दुर्घटना भएको हो ।,



यती एयरलाइन्सको एएनसी एटीआर ७२ विमान काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको थियो । पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हो ।

जहाज क्याप्टेन कमल केसीले उडाएको उक्त विमानपोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको हो । अहिले घटनास्थलतर्फ उद्धार टोली पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट