काठमाडौँ – अहिले मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको एएनसी एटीआर ७२ विमान दुर्घटना भएपछि आकस्मिक बैठक बोलाइएको हो ।
एयरलाइन्सको एएनसी एटीआर ७२ विमानमा ४ सदस्यसहित ७२ जना सवार रहेका थिए। हालसम्म दुर्घटनाग्रस्त विमानबाट ३२ बढी शव निकालिएको छ । अहिले घटनास्थलमा उद्धार टोलीले उद्धार कार्य जारी राखेको छ ।