मुक्तिनाथ विकास बैंकले सेयरधनीहरुलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । बैंकको १६औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पारित गरेको हो ।
शनिबार सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । बैंकले १३.०५ प्रतिशत बोनस सेयर र बाँकी कर प्रयोजनका लागि नगद लाभांस वितरण गर्ने भएको हो ।
बैंकको साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।
साधारण सभामा बैंकका अध्यक्ष भरतराज ढकालले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले जवाफ दिएका थिए ।