पोखरा विमान दुर्घटना : पशुपति शर्मा भन्छन् – ‘मलाई भगवानले बचाए, गायिकाको खबरले दु:खी छौं’-Sutra News

पोखरा विमान दुर्घटना : पशुपति शर्मा भन्छन् – ‘मलाई भगवानले बचाए, गायिकाको खबरले दु:खी छौं’

आइतबार, १ माघ २०७९

आइतबार, १ माघ २०७९

काठमाडौं – आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान सेती खोचमा दुर्घटनाग्रस्त भएको छ । एयरलाइन्सको एएनसी एटीआर ७२ विमानमा ४ सदस्यसहित ७२ जना सवार विमान दुर्घटना भएको हो । विमानमा चर्चित दोहोरी गायिका निरा छन्त्याल पनि सवार रहेको खुलेको छ । सोही विमानमा आफू पनि जाने तयारी रहेको तर भगवानले बचाएका गायक पशुपति शर्माले हामिलाई जानकारी गराएका छन् ।



हामीसँगको कुराकानीमा गायक शर्माले आफूले यतीको टिकट रद्द गरेका कारण आफू जोगिएको बताए । उनले आजको फ्लाइट क्यान्सिल गरेरआफू दुई दिनअघि नै बुद्ध एयरबाट पोखरा आउको बताए । भैरहवामा पनि कार्यक्रम भएकोले दुई दिनअघि आफू आएको बताए ।

उनले भने – ‘म पहिले यसैमा आउने भन्ने सोचेको थिए । तर पछि क्यान्सि भएर हिजै पोखरा आउनु परेर । आए । सायद म हिजो नआएको भए , यो दिन देख्न पाउथिन होला । ‘

दुर्घटनामा गायिका परेको बारे बोल्दै शर्माले भने – ‘जुन दुखद खबर आएको छ , यो अत्यन्त दुखद घटना हो । यसबाट हामि विक्षिप्त छौं । सकेसम्म सबैलाई उद्दार गर्न पाए हुन्थ्यो भन्ने थियो। तर धेरै समय भइसकेको छ । उनी हाफ्नै घरको परिवार जस्तो थिइन् । त्यसैले अत्यन्तै दुखी छौं हामि कलाकारहरु । ‘

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान सेती खोचमा दुर्घटनाग्रस्त भएको हो ।एयरलाइन्सको एएनसी एटीआर ७२ विमानमा ४ सदस्यसहित ७२ जना सवार रहेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट