नन्दा गुरुङ बनिन् कर्णाली प्रदेशको सभामुख-Sutra News

नन्दा गुरुङ बनिन् कर्णाली प्रदेशको सभामुख

आइतबार, १ माघ २०७९

आइतबार, १ माघ २०७९

सुर्खेत ः कर्णाली प्रदेशसभाका सभामुखको निर्वाचनमा  नन्दा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खडकबहादुर पोखरेलले १४ मत प्राप्त गरे ।



एमालेकी गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३, र राप्रपा वा  एकीकृत समाजवादीको १ मत प्राप्त भएको छ । ३९ सदस्यीय सभामा ३८ जनाले भाग लिएका थिए। गुरुङ समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य थिइन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट