![325559458_563686225626456_1496844026926464329_n.jpg](https://www.sutranews.com/wp-content/uploads/2023/01/325559458_563686225626456_1496844026926464329_n.jpg.jpg)
![प्रधानमन्त्री प्रचण्ड र नवनियुक्त चिनियाँ राजदुतबिचको भेटवार्तामा के-के भयो ?](https://www.sutranews.com/wp-content/uploads/2023/01/325559458_563686225626456_1496844026926464329_n.jpg.jpg)
काठमाडौं – नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत चेन सोङ्ग र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)बिच भेटवार्ता भएको छ ।
सो भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री दाहाललाई बधाई तथा नयाँ बर्षको शुभकामना सन्देश हस्तान्तरण गर्दैै नवनियुक्त राजदुतले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं चीनमा साथमा रहेका समेत बताएका छन ।
प्रधानमन्त्री दाहालले चिनिया सहयोग, सद्भाव र भातृत्वको लागी धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सिजिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन ।