ओस्कार लाइब्रेरीमा गुजराती फिल्म ‘छेल्लो शो’-Sutra News

ओस्कार लाइब्रेरीमा गुजराती फिल्म ‘छेल्लो शो’

सोमबार, २ माघ २०७९

सोमबार, २ माघ २०७९

मुम्बई – पान नलिनको गुजराती फिल्म ‘लास्ट फिल्म शो (छेल्लो शो)’ ओस्कार लाइब्रेरीको हिस्सा बन्ने भएको छ । जसका लागि ओस्कार अवार्ड आयोजकले फिल्मका निर्मातालाई फिल्मको स्क्रिप्ट मागेका छन् ।



द लाइब्रेरी अफ द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेजले मनसून फिल्मस्लाई एक पत्र लेख्दै आफ्नो स्थायी कोर कलेक्सनमा फिल्मलाई राख्न स्क्रिप्टको एक कपी मागेको हो । मनसुन फिल्मस्, रोय कपूर फिल्मस् र जुगाड मोसन पिक्चर्सले ‘छेल्लो शो’ निर्माण गरेको हो ।

२१ वर्षमा ९५औं एकेडेमी अवार्डमा ‘बेस्ट इन्टरनेसनल फिचर फिल्म’ विधाका लागि मनोनयनमा पर्ने यो पहिलो भारतीय फिल्म हो । ‘छेल्लो शो’को स्क्रिप्ट पान नलिनले लेखेका हुन् । यो फिल्म उनकै बाल्यकालमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट