काठमाडौं – रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ३ वटा मन्त्रालय पाउने भएको छ । यसअघि गृहमन्त्रालय पाइसकेको रास्वपाले अब २ वटा मन्त्रालय मात्र पाउने भएको छ । यस पार्टीका सभापति लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका कारण २ मन्त्रालय मात्र भागमा परेको हो ।
रास्वपाले शिक्षा, स्वास्थ्य र पर्यटन मन्त्रालयमा दाबी गरिरहेको छ । सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । सोहीि भेटवार्तामा मन्त्रालय भागवण्डा केही टुंगाइएको स्रोतको भनाइ छ ।
आफूहरुको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड सरकार मन्त्रिपरिषदले आजै पुर्णता पाउँने बताए । ओलीसँग भेटवार्ता गरे पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सो मन्त्रीपरिषदले आजै पुर्णता पाउने बताएका हुन ।मन्त्रपरिषद विस्तार, राष्ट्रपति र सभामुख चयनका बारेमा उनीहरुबीच कुराकानी भएको थियो ।