गण्डकी प्रदेशको उपसभामुख बनिन् विनाकुमारी थापा-Sutra News

गण्डकी प्रदेशको उपसभामुख बनिन् विनाकुमारी थापा

सोमबार, २ माघ २०७९

सोमबार, २ माघ २०७९

पोखरा – गण्डकी प्रदेशसभाको उपसभामुखको दोस्रो कार्याकालका लागि नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छन् ।



प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखका लागि भएको मत बिभाजनमा थापाको पक्षमा ३२ मत प्राप्त भएको छ भने विपक्षमा २६ मत प्राप्त झरेको थियो  । थापालाई एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र स्वतन्त्र सांसदले पक्षमा मत दिएका थिए ।

लमजुङबाट कांग्रेस सांसद पार्वती तामाङले उपसभामुखमा उम्मेदवारी दिएकी थिइन् । उनी पराजित भईन् ।नवनिर्वाचित सभामुख कृष्ण धितालका अनुसार प्रदेशसभाको बैठकमा ५८ सांसद सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट