कोरोना- चीनमा एक महिनामा ६० हजारको मृत्यु-Sutra News

कोरोना- चीनमा एक महिनामा ६० हजारको मृत्यु

मंगलबार, ३ माघ २०७९

मंगलबार, ३ माघ २०७९

कोभिड– १९ रोगले चीनमा गत एक महिनामा ६० हजारको मृत्यु भएको छ। चीनले गत डिसेम्बर ७ देखि तीन वर्ष लामो शून्य कोभिड नीति अन्त्य गरेको थियो। सो नीति परित्याग गरेयता यति धेरै संख्यामा सर्वसाधारणको मृत्यु भएको चीन सरकारले बताएको हो।



सरकारी तथ्यांकअनुसार गत डिसेम्बर ८ देखि १२ जनवरीसम्म ५९ हजार ९३८ जना सर्वसाधारणको मृत्यु भएका हो। विगतका सातामा अस्पतालमा बिरामीको अत्यधिक चाप र शवदाह गृहमा पालो कुर्नुुपर्ने स्थिति रहे पनि कोरोनाजन्य मृत्युको सही तथ्यांक सार्वजनिक नगरेको आरोप चीनमाथि थियो।

मृत्यु हुनेमा अधिकांश ८० वर्षमाथिका र अन्य रोगका बिरामी रहेको बताइएको छ। सरकारी तथ्यांकअनुसार ५,५०३ जनाको भाइरसका कारण सिर्जित श्वासप्रश्वाससम्बन्धी रोगका कारण र ५४,४३५ जनाको भाइरससँग सम्बद्ध अन्य रोगका कारण मृत्यु भएको हो। यो गणनामा मेडिकल केन्द्रमा भएका मृत्युलाई मात्र समावेश गरिएकाले वास्तविक मृत्यु संख्या अझ बढी हुन सक्ने आकलन छ। नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट