काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सोमबार राति सम्पन्न सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाइसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आज नै सरकारमा सहभागी हुँदैछ । राप्रपा राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको छ ।
अध्यक्ष लिङ्देन उपप्रधानमन्त्री सहित उर्जामन्त्री बन्ने भएका छन् । यस्तै राप्रपाले सहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ । पूर्व आईजीपी ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्न सक्ने बताइएको छ ।
यस्तै युवा तथा खेलकुद मन्त्रीमा विक्रम पाण्डे र धवलशम्शेर राणाको नाम अगाडि आएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेपछि आजै शपथ पनि गर्ने तयारी गरिएको छ ।