काठमाडौं – नेकपा माओवादी केन्द्रबाट सरकारमा सामेल हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ । मंगलबार बिस्तार हुने मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री बन्ने भएका छन् ।
माओवादीबाट रेखा शर्मा सूचना तथा सञ्चारमन्त्री र सुदन किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री पाउने बताइएको छ ।मोदीले संघीय मामिला एवं सामान्य प्रशासनमन्त्री बन्ने भएका छन् । । यसअघि माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन् । दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने गरी तयारी भइरहेको छ ।