एमालेले टुंगो लगायो मन्त्रीहरूको नाम, सर्लाहीका उप्रेती रक्षामन्त्री बन्दै, को को बन्दैछन् मन्त्री ?-Sutra News

एमालेले टुंगो लगायो मन्त्रीहरूको नाम, सर्लाहीका उप्रेती रक्षामन्त्री बन्दै, को को बन्दैछन् मन्त्री ?

मंगलबार, ३ माघ २०७९

मंगलबार, ३ माघ २०७९

काठमाडौं – एमालेले आफ्नो भागमा परेका मन्त्रीहरूको नाम टुंगो लगाएको छ । सत्तागठबन्धनमा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाएको छ । यसअघि नै एमालेबाट चारजना मन्त्री नियुक्त भइसकेका छन् ।



एमाले अध्यक्ष केपी ओलीले विमला राई पौडेललाई परराष्ट्रमन्त्री, पदम गिरीलाई स्वास्थ्यमन्त्री र भगवती चौधरीलाई महिला, बालबालिकामन्त्री तथा सर्लाहीका हरिप्रसाद उप्रेतीलाई रक्षामन्त्री बनाउने भएका छन् ।

उप्रेती संविधानसभा सदस्यसमेत भइसकेका छन् । उनी एमाले अध्यक्ष ओलीका विश्वास पात्र हुन् । रक्षा मन्त्रालय निकै संवेदनशील भएकाले ओलीले उप्रेतीलाई सो मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । यसअघि एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री नियुक्त भइसकेका छन् ।

राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री, सहरी विकासमा विक्रम पाण्डे र कानुनमन्त्री ध्रुवबहादुर प्रधान बन्ने भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, डा.तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट